८ मंसिर, २०८१ शनिबार
01:46:03 AM
८ बैशाख, २०७९
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गुडविल फाइनान्सको खुद नाफा २६.१५ प्रतिशतले घटेर ११ करोड ८ लाख रुपैयाँमा झरेको
काठमाण्डौं । गुडविल फाइनान्सको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गुडविल फाइनान्सको खुद नाफा २६.१५ प्रतिशतले घटेर ११ करोड ८ लाख रुपैयाँमा झरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानी ३३.५६ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने २८.४९ प्रतिशतले घटेको हो ।
फाइनान्सको वितरणयोग्य नाफा २७.३३ प्रतिशतले घटेर ५३ लाख ७० हजार रुपैयाँमा झरेको छ । नौ महिनासम्म गुडविलको निक्षेप संकलन ३.६४ प्रतिशत र कर्जा लगानी ११.४३ प्रतिशतले बढेको छ ।