३० कार्तिक, २०८१ शुक्रबार

05:35:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘काठमाण्डौँ ट्रयास कलेक्सन रेस २०२२’ सम्बन्धी कुमारी जब र मैनादेवी फाउन्डेसनबीच सम्झौता

Nepal Business

८ बैशाख, २०७९

 ‘काठमाण्डौँ ट्रयास कलेक्सन रेस २०२२’ सम्बन्धी कुमारी जब र मैनादेवी फाउन्डेसनबीच सम्झौता

काठमाण्डौं । कुमारी जब र मैनादेवी फाउन्डेसनबीच आगामी ‘काठमाण्डौं ट्रयास कलेक्सन रेस २०२२’को लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको छ ।

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भन्नुभयो, ‘काठमाण्डौं ट्रयास कलेक्सन रेस २०२२ को लागि सहकार्य गर्न पाउँदा हामी धेरै खुसी छौँ । वास्तवमा हामी सबैले यस्ता वातावरणीय समस्याहरू समाधान गर्न हातेमालो गर्नुपर्छ र युवाहरू यस्ता गतिविधिहरुको महत्वपूर्ण अंश हुन् । साथै नेपालको रोजगारी क्षेत्रलाई पनि यस्तै सचेत र क्रियाशील युवाहरुको खाँचो छ ।’

भण्डारी आफैं पनि युवा उद्यमी हुनु भएकोले समय–समयमा यस्ता साझेदारीहरु गरिरहनुपर्ने उहाँ बताउनुहुन्छ । 

काठमाण्डौं ट्रयास कलेक्सन रेस २०२२ एक दिने कार्यक्रम हो, जहाँ सहभागीहरूले ९० मिनेटमा ६ किलोमिटर दौडदै फोहोर सङ्कलन गर्नु पर्ने हुन्छ । सहभागीहरूले दुई जनाको टोली बनाउनुपर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर संकलन गर्ने ५ वटा टोलीलाई विजेता घोषणा गरिनेछ।

सामाजिक कार्यकर्ता के.पी. खनाल भन्नुहुन्छ, ‘यस सामाजिक कार्यमा हातेमालो गरेकोमा म कुमारी जबलाई धन्यवाद दिन चाहन्छु। एक सामाजिक कार्यकर्ताको हैसियतले हामी सबै मिलेर हाम्रो शहरलाई सफा राख्नुपर्छ भन्ने मेरो विश्वास छ र यसका लागि हामी सबै एकजुट हुनुपर्छ।’

यो रेसमा सबै जना सहभागी हुन सक्नेछन् । यसमा सहभागी हुन पेवेल एप मार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिन्छ ।

यहि वैशाख १० गते शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज हात्तीसारबाट सुरु हुने दौडका विजेताले ५० हजार नगद पुरस्कार जित्ने मौका पाउनेछन्।

नेपालको जब पोर्टल कुमारी जब यस्ता संस्थागत उत्तरदायित्व मुलक सामाजिक अभियानहरुमा सक्रिय रुपले सहभागी हुँदै आएको छ ।

यो वर्ष काठमाण्डौँ ट्रयास कलेक्सन रेस २०२२ सँगै अन्य थुप्रै गतिविधिहरु गर्दै जाने कम्पनीको उद्धेश्य लिएको छ।

मुख्यतया युवाहरु कार्यरत यस संस्थाका कर्मचारीहरु समाज र वातावरण प्रति सकारात्मक योगदान पु¥याउन प्रतिवद्ध छन्।