८ मंसिर, २०८१ शनिबार
01:34:12 AM
७ बैशाख, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुनः राष्ट्र बैंक फर्कनुभएको छ ।
मंगलबार सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर अधिकारीमाथिको छानबिन प्रक्रिया अघि नबढाउन अल्पकालिन अन्तरिम आदेशपछि गभर्नर बुधबारबाट आफ्नो काममा फर्कनु भएको हो ।
गभर्नर कार्यालय फर्किएसँगै राष्ट्र बैंकका कर्मचारीहरुले उहाँको स्वागत गरेका थिए ।
गत चैत २४ गते मन्त्रीपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । पुनर्बहालीको माग सहित सर्वोच्चमा गभर्नर अधिकारीले सोमबार रिट दायर गर्नुभएको थियो ।
सोमबार दायर रिटमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले तत्कालका लागि गभर्नर अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको थियो ।
अदालतको अन्तरिम आदेशसँगै गभर्नरको पुर्नबहाली भएको हो । यसैबीच अदालतले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि झिकाउन आदेश दिएको छ ।