८ मंसिर, २०८१ शनिबार

01:39:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाणिज्य बैंकहरुले ९ महिनामा ५१ अर्बभन्दा बढि कमाए, कुन बैंकको नाफा कति ?

Nepal Business

७ बैशाख, २०७९

वाणिज्य बैंकहरुले ९ महिनामा ५१ अर्बभन्दा बढि कमाए, कुन बैंकको नाफा कति ?

 

काठमाण्डौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ५१ अर्ब १ करोड ७८ लाख ११ हजार रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिभन्दा ०.५४ प्रतिशतले बढि हो ।

गतवर्ष वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड २५ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तरलताको अभावका कारण वाणिज्य बैंकहरुको नाफा सामान्य रुपमा वृद्धि भएको देखिन्छ । 

वाणिज्य बैंकहरुमा सबैभन्दा बढि नाफा कमाउनेमा एनआइसी एसिया, नबिल र ग्लोबल आइएमई बैंक रहेका छन् । 

ग्लोबल आइएमई बैंक 

चैत मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यसको खुद नाफा ४.१३ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

तर नाफासँगै पुँजी पनि हेर्नुपर्ने हुन्छ । ग्लोबल आइएमईको पनि पुँजी पनि तुलनात्मकरुपमा निकै बढी छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले चालू आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमासीक अवधिसम्म कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७४.७४ अर्ब रुपैयाँ पु¥याउन सफल भएको छ । 

साथै, निक्षेपतर्फ कुल निक्षेप सङ्कलन ३०२.८१ अर्ब रुपैयाँ पुगेको छ भने खुद मुनाफातर्फ ३.६० अर्ब रुपैयाँ आर्जन भएको देखिएको छ ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी रहेको छ । 

यस्तैै बैंकले वार्षिक प्रति सेयर आम्दानी रु ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ । २७ वटै वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

नबिल बैंक 

नबिल बैंकको नाफा ३ अर्ब ३५ करोड रुपैयाँभन्दा माथि रहेको छ । बैंकको खुद नाफामा ८.९१ प्रतिशतले गिरावट आएको वित्तीय विरणमा देखिएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाउन सफल थियो ।

बैंकको खुद ब्याज आम्दानी २९.३० प्रतिशतले बढेको छ । जसअनुसार खुद ब्याज आम्दानी ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ देखिएको छ ।

सेन्चुरी कमर्सियल 

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढेर १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

स्टान्डर्ड चार्टर्ड बैंक

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफालगायतको प्रमुख सूचक बढेको छ । बैंकको खुद नाफा ३७.६१ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ८७ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १८ करोड ३६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

एभरेष्ट बैंक

एभरेष्ट बैंकले १ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ०.५९ प्रतिशतले धेरै हो ।

गत वर्ष बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा भने १६२.४६ प्रतिशतले बढेर २ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ ।

बैंकको निक्षेप संकलन ०.९८ प्रतिशत र कर्जा लगानी १२.२२ प्रतिशतले वृद्धि भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ २७ पैसा छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३२.१८ प्रतिशतले थोरै हो ।

गत वर्ष यसले १ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा भने ४२.३९ प्रतिशतले घटेर ५६ करोड ६४ लाख रुपैयाँमा झरेको छ ।

कुमारी बैंक 

कुमारी बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ०.३२ प्रतिशत थोरै हो ।

गत वर्ष यसले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४७ करोड ७२ लाख  ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १२.९९ प्रतिशतले कम हो । 

गत वर्ष यसै अवधिमा बैंकले २ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको  वितरणयोग्य नाफा भने ६५.८९ प्रतिशतले घटेर ४७ करोड २४ लाख रुपैयाँमा झरेको छ ।

माछापुच्छ्रे बैंक

चालु आर्थिक वर्षको ९ महिनामा माछापुच्छ्रे बैंकको खुद नाफा २०.२४ले बढेर १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। 

प्रभु बैंक

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म प्रभु बैंकको खुद नाफा १६.९१ प्रतिशतले घटेर १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्षको यसैअवधिमा यसले २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घट्दा खुद नाफा प्रभावित भएको हो ।

सानिमा बैंक

सानिमा बैंकले १ अर्ब ५९ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको भन्दा १४.२० प्रतिशतले थोरै हो ।
गत वर्ष यसले १ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा पनि ४८.१२ प्रतिशतले घटेर ७३ करोड १२ लाख रुपैयाँमा झरेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियले बैंकको खुद नाफा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म आइपुग्दा ३.३९ प्रतिशतले  घटेर २ अर्ब ७२ करोड २० लाख २० हजार रुपैयाँमा आएको छ ।

गत वर्षको यसैअवधिमा भने २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो । वितरणयोग्य नाफा चैत मसान्तसम्म १ अर्ब ४१ करोड ४४ लाख ६ हजार रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंक

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा लक्ष्मी बैंकको खुद नाफा ३३.३१ प्रतिशतले घटेर ८५ करोड ८९ लाख ६७ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा खुद नाफा प्रभावित भएको हो ।

कृषि विकास बैंक

कृषि विकास बैंकले चालु आर्थिक वर्षमा १ अर्ब ९० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ८.०९ प्रतिशतले घटेको हो।

एनएमबि बैंक
एनएमबि बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ५.९१ प्रतिशतले धेरै हो ।

गत वर्ष बैंकले २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ४१.६१ प्रतिशतले घटेर १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँमा झरेको छ । 

हिमालयन बैंक

हिमालयन बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ८.११ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा हिमालयनको वितरणयोग्य नाफा भने ४२.५८ प्रतिशतले घटेर ४८ करोड ६७ लाख रुपैयाँमा झरेको छ ।