६ जेठ, २०८१ आइतबार

08:16:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्को साता सिटिजन्स बैंक खुला टेनिस ,कूल पुरस्कार राशि पाँच लाख १७ हजार

Nepal Business

६ बैशाख, २०७९

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने

अर्को साता सिटिजन्स बैंक खुला टेनिस ,कूल पुरस्कार राशि पाँच लाख १७ हजार
६ वैशाख । 
काठमाडौँ जिल्ला टेनिस सङ्घको आयोजनामा आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता हुने भएको छ । 
 
यही वैशाख ११ गतेदेखि हुने उक्त प्रतियोगितामा करिब २५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न १० विधामा प्रतिस्पर्धा हुनेछ । 
 
यही वैशाख ११ गतेदेखि हुने उक्त प्रतियोगितामा करिब २५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न १० विधामा प्रतिस्पर्धा हुनेछ । 
 
पुरुष/महिला एकल, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि एकल र डबल्स तथा ६५ वर्षमाथि एकल विधामा प्रतिस्पर्धा हुनेछ ।
 
सबै स्पर्धाका विजेतालाई पुरस्कार प्रदान गरिनेछ । कूल नगद पुरस्कार राशि रु पाँच लाख १७ हजार राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ ।
 
 साताव्यापी प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने आयोजकले जनाएको छ ।