१ जेठ, २०८१ मंगलबार

11:10:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चौतर्फी विरोधपछि ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान खारेज

६ बैशाख, २०७९

चौतर्फी विरोधपछि ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान खारेज

काठमाण्डौं । चौतर्फी विरोधपछि ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान खारेज गरिएको छ । 

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान खारेज गरिएको विमानस्थलको अध्यागमन कार्यालयले जानकाी दिएको हो । 

सो प्रवाधान खारेजीपछि विदेशी पर्यटकका लागि नेपाल आगमन सहज हुने अपेक्षा गरिएको छ।

विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो। 

विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेसिन सोमबार जडानको काम सुरु भइसकेको र अब पर्यटकहरुले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलले जनाएको छ ।