२४ बैशाख, २०८१ सोमबार

10:06:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपतिद्धारा १७ मन्त्री नियुक्त, विद्यमान संकट न्यूनिकरण हुने अपेक्षा

Nepal Business

६ बैशाख, २०७९

यसअघि अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यहरुले सामूहिक राजीनामा दिएका थिए ।

राष्ट्रपतिद्धारा १७ मन्त्री नियुक्त,  विद्यमान संकट न्यूनिकरण हुने अपेक्षा

 कोलम्बो । श्रीलंकामा उत्पन्न आर्थिक संकटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नु भएको छ । मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तीव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उहाँले बताउनु भयो। नवनियुक्त सबै मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति कार्यालयमा शपथग्रहण गराइसकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रिपरिषद्को पुनर्गठन गर्नु भएको हो । नयाँ थपिएका मन्त्रीहरुमध्ये आठ जना पुराना मन्त्रीहरु नै दोहोरिएका छन् । यसअघि अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यहरुले सामूहिक राजीनामा दिएका थिए ।

देशमा आर्थिक तथा राजनीतिक संकट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक संकटका कारण देशमा अत्यधिक मूल्यवृद्धि भएको छ भने कतिपय वस्तु तथा सेवाको चरम अभाव भएको छ । रासस/एएनआई