८ मंसिर, २०८१ शनिबार
01:38:06 AM
६ बैशाख, २०७९
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि २ अर्बले घटेर ४७ अर्ब २२ अर्ब पुगेको छ ।
काठमाण्डौं । बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । बैंकहरूको निक्षेप संकलन घटेपछि त्यसको प्रभाव सिडी रेसियोमा परेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार वैशाख ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख २ गते बैंकहरूको निक्षेप ४९ खर्ब ६२ अर्ब रूपैयाँ रहेको थियो । २ दिनमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप १० अर्बले घटेको हो ।
यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ९ अर्बले घटेर ४३ खर्ब ६८ अर्बमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि २ अर्बले घटेर ४७ अर्ब २२ अर्ब पुगेको छ ।
बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९०.२८ प्रतिशतबाट बढेर ९०.४३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।