८ मंसिर, २०८१ शनिबार
01:12:50 AM
६ बैशाख, २०७९
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल वैशाख ५ गते सोमबार दिउँसो ३ बजे बोलकबोल भएर मंगलबार वैशाख ६ गते बिक्री हुनेछ ।
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट बैंकले ९१ दिनको अवधिको लागि ५ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ९१ दिनको ट्रेजरी बिल २०७९ साल साउन ३ गते परिपक्क हुनेछ । त्यसैगरी बैंकले १८२ दिनको अवधिको लागि ५ अर्ब करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यस ट्रेजरी बिल २०७९ साल कार्तिक १ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल वैशाख ५ गते सोमबार दिउँसो ३ बजे बोलकबोल भएर मंगलबार वैशाख ६ गते बिक्री हुनेछ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारले अल्पकालीन रुपमा आफूलाई आवश्यक खर्च जुटाउनका लागि यस औजारको प्रयोग गर्दछ ।
टे«जरी बिलहरु ऋवधिको आधारमा चार किसिमका हुन्छन् । अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ भागमा विभाजन गरिएको हुन्छ ।