८ मंसिर, २०८१ शनिबार

01:54:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गभर्नर निलम्बन खारेजीको रिटमाथि सर्वोच्चले अध्ययन गर्दै

४ बैशाख, २०७९

गभर्नर निलम्बन खारेजीको रिटमाथि सर्वोच्चले अध्ययन गर्दै

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन खारेजीको माग गर्दै दर्ता गर्न लगिएको रिट निवेदनमाथि सर्वोच्च अदालतले अध्ययन गरिरहेको छ ।

उक्त रिट दर्ताका लागि योग्य छ या छैन, अंग पुगेको छ या छैन भन्ने विषयमा अध्ययन भइरहेकाले दर्ता गर्न ढिलाई भएको हो । 

सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले अहिलेसम्म सर्वोच्चमा गभर्नरको निलम्बन खारेजीको रिट निवेदनमाथि अध्ययन भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलसम्म गभर्नर अधिकारीको रिट निवेदन दर्ता नभएको पनि उहाँले बताउनुभयो । 

गभर्नर अधिकारी निलम्बन खारेजीको माग गर्दै आइतबार सर्वोच्च अदालत पुग्नु भएको हो । उहाँका वकिलहरु सुरेन्द्र थापा र नरेन्द्र गौतमले निलम्बन खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन लगेका हुन् । 

सरकारले अघिल्लो शुक्रबार अधिकारीमाथि छानबिन गर्नुपर्ने भन्दै निलम्बन गरेको थियो । निलम्बनको १० दिनपछि गभर्नर अधिकारी अदालत पुग्नुभएको हो । 

यस्तै नेपाल राष्ट्र बैंकमै कर्मचारी संघले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको सरकारको कदमविरुद्ध कालो ब्यानर झुण्ड्याएर विरोध प्रदर्शन गरेका थिए ।