७ बैशाख, २०८२ आइतबार

12:23:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गभर्नरलाई निलम्बन गरेको विरुद्धमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

४ बैशाख, २०७९

गभर्नरलाई निलम्बन गरेको विरुद्धमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाण्डौं । गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंकको कार्यालय बालुवाटरमै कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन् ।

आइतबार कर्मचारी संघले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको सरकारको कदमविरुद्ध कालो ब्यानर झुण्ड्याएर विरोध प्रदर्शन गरेका हुन् ।

उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा पनि कालो ब्यानर झुन्ड्याएर विरोध गरिएको बैंकले जनाएको छ।

गभर्नर अधिकारीलाई हटाउने उद्देश्यले जाँचबुझ सुरु गरेको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका हुन्।

‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको हस्तक्षेप बन्द गर्न र गभर्नर अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया तत्काल फिर्ता गर्न’ लगायतका  कर्मचारीहरुका माग छन् ।

अघिल्लो शुक्रबार सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न भन्दै निलम्बन गरेको थियो।