७ मंसिर, २०८१ शुक्रबार
07:07:30 PM
४ बैशाख, २०७९
नेपाल सरकारबाट सिफारिस भएका २० जना राजदुत विरुद्द समितिले उजुरी आह्वान गरेको हो।
काठमाण्डौ । संसदीय सुनुवाई समितिले प्रस्तावित राजदुतहरु बिरुद्द उजुरी आह्वान गरेको छ ।
नेपाल सरकारबाट सिफारिस भएका २० जना राजदुत विरुद्द समितिले उजुरी आह्वान गरेको हो।
समितिले उक्त पदमा उनीहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाण सहित मिति २०७९ वैशाख १२ गते कार्यालय समय भित्र सूचना वा उजुरी आग्रह गरेको हो ।
यस्तो सूचना दिने सूचनादाताले आफ्नो नाम थर, वतन स्पष्ट रुपमा खुलाउनु पर्ने र चाहेमा सूचनादाताको नाम गोप्य राखिने समितिले जनाएको छ ।
समितिको फोन तथा फ्याक्स नम्बर ४२००२७७ वा इमेल ([email protected]) मा उजुरी दिन सकिने छ ।
कुन देशको लागि को सिफारिस ?
वासुदेव मिश्र-श्रीलङ्गा
दानबहादुर तामाङ-दक्षिण अफ्रिका
विष्णुपुकार श्रेष्ठ-जनवादी गणतन्त्र चीन
डा. शर्मिला पराजुली (ढकाल)-स्पेन
कान्ता रिजाल-इजरायल
नवराज सुवेदी-साउदी अरेविया
कैलाशराज पोखरेल-अष्ट्रेलिया
मिलनराज तुलाधर-रुसी महासङ्घ
डा.दुर्गा बहादुर सुवेदी-जापान
डिल्लीराज पौडेल-मलेसिया
डा. नरेशविक्रम ढकाल-कतार
ज्योति प्याकुरेल (भण्डारी)-गणतन्त्र कोरिया
प्रा.डा.राम स्वार्थ राय-डेनमार्क
निर्मलराज काफ्ले-ब्राजिल
सुशीलकुमार लम्साल-इजिप्ट
भरतकुमार रेग्मी-अष्ट्रिया, संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियाना
तीर्थराज वाग्ले-बहराइन
घनश्याम भण्डारी-बङ्गलादेश
हरिश्चन्द्र घिमिरे-म्यान्मार
डोरनाथ अर्याल-ओमान