८ मंसिर, २०८१ शनिबार
01:48:25 AM
३ बैशाख, २०७९
समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
नेपाल विजनेस समाचारदाता,
काठमाडौँ,
एनएमबि बैंकले आज शनिवार सातै प्रदेशमा ‘नवौं हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त बैंकले कोभिड–१९ को प्रकोप पश्चात २ वर्षपछि यसरी कार्यक्रम आयोजना गरेको हो । काठमाडौँमा भने बैंकको कार्यालय बबरमहलबाट बसन्तपुर डवलीसम्म हेरिटेज वाक गरिएको थियो ।
उक्त बैंकले कोभिड–१९ को प्रकोप पश्चात २ वर्षपछि यसरी कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौँमा भने बैंकको कार्यालय बबरमहलबाट बसन्तपुर डवलीसम्म हेरिटेज वाक गरिएको थियो ।
समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
हेरिटेज वाकमा एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरु गरी लगभग ५०० जनाको सहभागितामा प्ले कार्ड समेत प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रमका अवसरमा नेपाल हेरिटेज सोसाईटीका प्रतिनिधि तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टविन पनि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम आज सातै प्रदेशमा गरिएको छ ।
नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटी कै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर माइकल क्रोफ्टलगायतले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले स्वागत मन्तव्य दिनु भएको थियो साथै एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सांस्कृतिक सम्पदा हाम्रो राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न हामी हातेमालो गर्नु पर्नेमा जोड दिनुभयो ।
विगत २६ वर्ष देखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो एनएमबि बैंक ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसिया कै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो ।
एनएमबिले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।