७ मंसिर, २०८१ शुक्रबार
06:37:27 PM
१ बैशाख, २०७९
तपाईंको समेत फोटो राखी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनावी पोष्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति रहेको हो होइन
काठमाडौँ,
निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग स्पष्टीकरण मागेको छ ।
बिहीबारको बैठकले निर्णय गरी पत्र पठाएरै स्पष्टिकरण माग गरिएको जनाइएको छ । आयोगले सातदिनभित्र चित्तबुझ्दो जवाफको समेत माग गरेको छ।
बिहीबारको बैठकले निर्णय गरी पत्र पठाएरै स्पष्टिकरण माग गरिएको जनाइएको छ । आयोगले सातदिनभित्र चित्तबुझ्दो जवाफको समेत माग गरेको छ।
नेकपा (माओवादी केन्द्र)ले घिसिङको तस्बिर निर्वाचन प्रचार सामग्रीमा प्रयोग विषयमा आयोगले उहाँसँग स्पष्टीकरण सोधेको हो ।
माओवादीको चुनावी पोष्टरमा फोटो राखी प्रचारप्रसार गरेको भनी सामाजिक सञ्जालमा प्रचार भएको थियो ।
'तपाईंको समेत फोटो राखी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनावी पोष्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति रहेको हो होइन ? उक्त पोष्टरमा तपाईंको फोटो राखिएको विषयमा तपाईंको सहमति रहेको होइन भने सो विषयमा तपाईंले हालसम्म सार्वजनिकरुपमा किन आपत्ति जनाउनु भएको छैन वा उजुर गर्नुभएको छैन ?' भनेर प्रश्न गरिएको छ ।