२१ बैशाख, २०८१ शुक्रबार

02:55:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ल्याण्डमार्क होटलमा बैंक अफ काठमाण्डूका ग्राहकलाई १२.५ प्रतिशत विशेष छुट

Nepal Business

१ बैशाख, २०७९

नयाँ वर्ष २०७९ संगै बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने स्पेसल प्याकेजमा १२.५ प्रतिशतको विशेष छुट

 ल्याण्डमार्क होटलमा बैंक अफ काठमाण्डूका ग्राहकलाई १२.५ प्रतिशत विशेष छुट

काठमाडौं । ल्याण्डमार्क होटल र बैंक अफ काठमाण्डू लिमिटेडबीच छुट सम्बन्धी सम्झौता भएको छ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पीओएस तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ल्याण्डमार्क होटलमा बैंकका ग्राहकलाई स्पेशल प्याकेजमा १२.५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको बैंकले जनाएको छ।

नयाँ वर्ष २०७९ संगै बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने स्पेसल प्याकेजमा १२.५ प्रतिशतको विशेष छुट प्रदान गरिएको हो।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ल्याण्डमार्क होटलले काठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ।