३० कार्तिक, २०८१ शुक्रबार

09:20:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

औद्योगिक उत्पादन बढाउन मन्त्रीसमक्ष चेम्बरको आग्रह

३० चैत, २०७८

चेम्बरले विदेशमा सिकेको सीपलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरण गरी अर्थतन्त्रलाई पुनरुत्थान गर्न सकिने बताएको छ ।

औद्योगिक उत्पादन बढाउन मन्त्रीसमक्ष चेम्बरको आग्रह

काठमाडौँ,

नेपाल चेम्बर अफ कमर्सले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रवद्र्धनका लागि औद्योगिक उत्पादन बढाउन सरकारलाई सुझाव दिएको छ ।
 
नेपाल चेम्बर अफ कमर्सले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मुलुकको व्यावसायिक क्षेत्रको समग्र विकासका लागि निर्यात प्रवद्र्धनलाई बढाउनुपर्ने बताएको हो ।
 
नेपाल चेम्बर अफ कमर्सले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मुलुकको व्यावसायिक क्षेत्रको समग्र विकासका लागि निर्यात प्रवद्र्धनलाई बढाउनुपर्ने बताएको हो ।
 
चेम्बरले कृषि क्षेत्रको प्रवद्र्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र, औद्योगिक जनशक्तिको उत्पादन, विदेशबाट आर्जन सीपलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरणका लागि व्यवस्था, आयातलाई व्यवस्थित गरी निर्यात प्रवद्र्धन गर्नेलगायत सुझाव मन्त्रीलाई दिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभयो ।
 
उहाँले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
 
“सरकारलाई जस्तोसुकै परिस्थितिमा पनि निजी क्षेत्रले सहयोग गर्दै आएको छ, आगामी दिनमा पनि हातेमालो गर्न तयार छ”, उहाँले भन्नुभयो । अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रवद्र्धनका लागि औद्योगिक उत्पादन बढाउनुको जरुरी रहेको चेम्बरले जनाएको छ ।
 
चेम्बरले विदेशमा सिकेको सीपलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरण गरी अर्थतन्त्रलाई पुनरुत्थान गर्न सकिने बताएको छ ।