८ मंसिर, २०८१ शनिबार
01:05:16 AM
३० चैत, २०७८
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त हुनुभएको छ ।
सञ्चालक समितिको बैठकले बैशाख २ गतेदेखि लागू हुने गरी न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
न्यौपानेले साउन १ गतेदेखी नै कार्यबाहक सीईओको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
काठमाण्डौं विश्व विद्यालयबाट एमबीएमा स्नातकोत्तर गर्नुभएका न्यपौपानेको बैंकिंङ्ग क्षेत्रमा १९ वर्ष भन्दा बढीको अनुभव छ ।
बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने व्यवस्थापकको रुपमा न्यौपाने बैकिङ्ग क्षेत्रमा परिचित हुनुहुन्छ ।