८ बैशाख, २०८१ शनिबार

11:36:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वित्तीय साक्षरता र उद्यमशीलता बढाउन हेफर इन्टरनेशनल र नबिल बैंकबीच सम्झौता

३० चैत, २०७८

महिला किसान तथा साना किसानहरुको आर्थिक सचेता वृद्धि गरी वित्तीय साक्षरता मार्फत सवलीकरणका कार्यक्रमहरुमा नविल बैंकले सहयोग गर्ने छ ।

वित्तीय साक्षरता र उद्यमशीलता बढाउन हेफर इन्टरनेशनल र नबिल बैंकबीच सम्झौता

काठमाण्डौ । हेफर इन्टरनेशनल नेपाल र नबिल बैंक बीच महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने कार्यक्रम सञ्चालन गर्ने सम्वन्धमा सम्झौता भएको छ। 

हेफर इन्टरनेश्नलले सञ्चालन गरेको परियोजनाको क्षेत्रमा महिला किसान तथा साना किसानहरुको आर्थिक सचेता वृद्धि गरी वित्तीय साक्षरता मार्फत सवलीकरणका कार्यक्रमहरुमा नविल बैंकले सहयोग गर्ने छ । 

कृषिअन्तर्गत तरकारी खेती तथा माछा पालन एवं पशुपालन सम्बन्धी क्षेत्र बाख्रापालन, गाईपालनमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले दिगो बैंकिङअन्र्तगत कर्जा तथा वित्तीय साक्षरता प्रदान गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ। 

योजनामा हेफर इन्टरनेशनल नेपालकातर्फबाट सामाजिक उद्यमी, महिला सहकारी र विभिन्न स्थानकास्थानिय सरकार समेत आबद्ध छन् । महिला सहकारी वा स्थानीय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन्। 

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो। यो सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षितवर्गमा पु¥याउन सहयोग गर्ने आशा लिएको छ।

नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा.शुभ नारायण महतोले हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनी, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नबिल दिगो बैंकिंङका प्रबन्धक लिलाप्रसाद ओझाको समेत उपस्थिति थियो।