३० कार्तिक, २०८१ शुक्रबार

11:26:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाकिस्तानमा शहबाज शरिफ २३औँ प्रधानमन्त्री निर्वाचित, देशका लागि उहाँको योगदान यस्तो छ...

Nepal Business

२८ चैत, २०७८

खानको कार्यकालमा केही समय जेलमा समेत विताउनुभएको थियो ।

पाकिस्तानमा शहबाज शरिफ २३औँ प्रधानमन्त्री निर्वाचित, देशका लागि उहाँको योगदान यस्तो छ...

काठमाडौँ,
पाकिस्तानको २३ औँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित हुनुभएको छ ।
 उहाँ पूर्वप्रधानमन्त्री नवाज शरिफका भाई हुनुहुन्छ । सोमबार पाकिस्तानी संसद्ले नयाँ प्रधानमन्त्रीमा शरिफलाई निर्वाचित गरेको हो।

उहाँले तल्लो सदन नेसनल एसेम्वलीमा १७४ मत पाउनुभएको थियो भने पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का उम्मेदवार शाह महमुद कुरेशीले एक मत समेत पाउनुभएन । 

उहाँले तल्लो सदन नेसनल एसेम्वलीमा १७४ मत पाउनुभएको थियो भने पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का उम्मेदवार शाह महमुद कुरेशीले एक मत समेत पाउनुभएन । 

त्यसअघि इमरान खानसहित पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन नेशनल असेम्ब्लीमा राजीनामा घोषणा गर्नुभएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान संसद्‌मा विश्वासको मत प्राप्त गर्न विफल भएपछि सत्ताबाट बाहिरिनुभएको थियो ।
सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतवार मध्यरातपछि मतदान गरिएको थियो।

बीबीसीका अनुसार सन् २०१८ मा इमरान खान सत्तामा आउनुअघि ७० वर्षीय शरिफले पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त पञ्जाबको मुख्यमन्त्रीका रूपमा काम गरिसक्नुभएको थियो । 

मुलुकका लागि उहाँको योगदान यस्तो छ...

पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएलएन)को नेतृत्व गर्ने प्रभावकारी र मिहिनेतसाथ काम गर्ने व्यक्तिको रूपमा ख्याति कमाउनुभएको थियो । उहाँलाई पूर्वाधारमा उल्लेख्य सुधार गरेको श्रेय समेत दिइन्छ। 

बीबीसीबाट प्राप्त समाचारअनुसार धेरैले शरिफपछि मुख्यमन्त्री बनेका उस्मान बुज्दारप्रति निराशा पोख्दै उहाँको तुलना गर्छन् जसको व्यापक रूपमा कम योग्य र अक्षम भनेर आलोचना हुने गरेको पाइन्छ। 

बुज्दारलाई विस्थापित गर्न अस्वीकार गर्नुलाई कयौँ विश्लेषकहरूले इमरान खान र उनलाई यसअघि सघाएको पाकिस्तानी सेनाबिच दरार उत्पन्न हुनुको एउटा कारण बताइन्छ।  

शहबाज शरिफ सँधै आफ्ना दाजु नवाज शरिफको छायामा रहे जो तीन पटक पाकिस्तानको प्रधानमन्त्री हुनुभएको थियो ।

जबकी नवाज शरिफले सत्ताबाट आफूलाई हटाइएपछि खुला रूपमै सेनाको आलोचना गर्नुभएको थियो  शहबाज शरिफले चाहीँ संस्थापनसँग मेलमिलापको पक्ष लिनुभएको थियो । 

आफ्ना दाजु झैँ शहबाजले समेत भ्रष्टाचारको आरोप खेप्नुभएको छ । खानको कार्यकालमा केही समय जेलमा समेत विताउनुभएको थियो ।

उहाँमाथिको आरोप प्रमाणित भएको छैन र उहाँले त्यसलाई राजनीतिक मनसायबाट प्रेरित बताउँदै आउनुभएको छ।  

शहबाजका छोरा हम्जाले आफ्ना बुवाको पदचाप पछ्याउँदै पञ्जाबको नयाँ मुख्यमन्त्री बन्ने आशा राख्नुभएको छ। 

इमरान खानका समर्थकहरूले शरिफको परिवारलाई वंश परम्पराको अंश, 'पुरानो पाकिस्तान' बताउँदै त्यसलाई आफूहरूले इतिहास बनाउन चाहेको भनेका थिए।