२७ बैशाख, २०८१ बिहिबार

07:43:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्रलाई पोलिटिसाइज गरियो, वाहिर प्रचार भएजस्तो अर्थतन्त्र विग्रेको छैन

२८ चैत, २०७८

अर्थतन्त्रका बारेमा विभिन्न हल्ला फिजाएर निजी क्षेत्र र नागरिकलाई हतोत्साहित बनाउने काम भईरहेको

अर्थतन्त्रलाई पोलिटिसाइज गरियो, वाहिर प्रचार भएजस्तो अर्थतन्त्र विग्रेको छैन

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रलाई पोलिटिसाईज गर्न खोजिएको आरोप लगाउनुभएको छ ।

अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री शर्माले अर्थतन्त्रका बारेमा विभिन्न हल्ला फिजाएर निजी क्षेत्र र नागरिकलाई  हतोत्साहित बनाउने काम भईरहेको बताउनुभएको हो ।

उहाँले अर्थतन्त्र विग्रन्छकी भनेर चिन्ता र चासो राख्नु स्वभाविक भएपनि हल्ला फैलाएजस्तो विग्री नसकेको बताउनुभयो ।

उहाँले सबै सूचकहरुलाई अर्थमन्त्रालय र मातहतका निकायहरुले नजिकबाट नियालीरहेको भन्दै अहिले सजग रहनुपर्ने समय आएको बताउनुभयो ।

गत आर्थिक भन्दा यस आर्थिक वर्षमा धेरै आर्थिक सुचकहरु सुधार हुँदै गएको अर्थमन्त्रीले दावी गर्नुभयो ।