७ मंसिर, २०८१ शुक्रबार

06:24:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाँच महिनामा वैदेशिक लगानी ३० अर्ब प्रतिबद्धता, कुन कुन क्षेत्र परे ?

६ पुस, २०७८

उद्योग विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार रु ३० अर्ब बराबरको लगानीमा १ सय २२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । यि प्रतिबद्धता विभिन्न ६ वटा शीर्षक अन्तर्गतका उद्योग दर्ता भएका छन् ।

पाँच महिनामा वैदेशिक लगानी ३० अर्ब प्रतिबद्धता, कुन कुन क्षेत्र परे ?

काठमाण्डौं, पुस ६


चालू आर्थिक वर्षको पाँच महिनामा तीस अर्ब विदेशी लगानीको प्रतिबद्धता आएको  छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार रु ३० अर्ब बराबरको लगानीमा १ सय २२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । यि प्रतिबद्धता विभिन्न  ६ वटा शीर्षक अन्तर्गतका उद्योग दर्ता  भएका छन् ।  

सबै भन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक  क्षेत्रमा आएको  छ । यस क्षेत्रका  ३५ उद्योगमा मात्रै रु १५अर्ब  ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो 
कृषि तथा पैदावारमा आधारीत  उद्योगमा चीनबाट चार वटा लगानी प्रतिबद्धता आएको छ ।

प्रति उद्योगमा रु १५ करोडका दरले  ४ उद्योगमा  रु ६० करोड लगानी प्रतिबद्धता आएको तथ्याङकमा उल्लेख छ । ऊजामूलक उद्योग नेदरल्याण्डबाट एक उद्योगमा रु ५ करोड ६० लाख सूचना सञ्चार तथा प्रसारणा प्रविधिमा आधारित  ६ उद्योगमा  रु ४५ करोड लगानी आएको छ । 

उत्पादनमूलक क्षेत्रका १९  उद्योगमा रु ३ अर्ब २४ करोड र पर्यटनसंँग सम्बन्धि ५५  उद्योगमा ९ अर्ब ५५ करोड बराबरको लगानी  प्रतिबद्धता  आएको छ । नयाँ व्यपस्था अनुसार  रु ५ करोड भन्दा कम लगानी नेपालमा विदेशी लगानी उद्योग  दर्ता हुदैन । 
विभागले सार्वजनिक गरेको पाँच  महिनाको विदेशी लगानी प्रतिबद्धतामध्ये सबै  भन्दा धेरै लगानी प्रस्ताव चीनबाट आएको पाइएको छ । यो पाँच महिनामा कूल प्रतिबद्धताको करिब ८० प्रतिशत चीनबाट आएको छ । चीनबाट १ सय २ उद्योगमा रु २३ अर्ब ६४ लाख बढीको प्रतिबद्धता आएको हो ।