८ मंसिर, २०८१ शनिबार
12:24:51 AM
२८ चैत, २०७८
काठमाण्डौं । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायममुकायम गभर्नर ढुङ्गानाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको बताउनुभएको हो ।
उहाँले तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको बताउनुभयो ।
व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने उहाँले बताउनुभयो ।
यस्तै उहाँले नेपालको गरिबी निवारण तथा वित्तीय पँहुचभन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरू प्रभावकारी साधन भएको बताउनुभयो ।
समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिसा गरिबीको रेखामुनि रहेको उहाँको भनाइ छ।
लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तीकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको पनि उहाँले बताउनुभयो ।