८ मंसिर, २०८१ शनिबार

12:54:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल राष्ट्र बैंकले पुनः ट्रेजरी बिल बिक्री गर्दै, खरिद गर्ने सोमबार अन्तिम दिन

२८ चैत, २०७८

नेपाल राष्ट्र बैंकले पुनः ट्रेजरी बिल बिक्री गर्दै, खरिद गर्ने सोमबार अन्तिम दिन

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको हो । 

सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।यसअघि यही चैत २१ गते पनि राष्ट्र बैंकले ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति चैत २९ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । 

बिक्री गरिने उक्त ट्रेजरीहरुमा क्रमशः ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ ।

जसमध्ये ९१ दिनेको २०७९ असार २८ गते, एक सय ८२ दिने अवधिको २०७९ असोज २५ गते र तीन सय ६४ दिने अवधिको २०७९ चैत २८ गते परिपक्व हुने अवधि तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

सोमबार बिक्री हुुने ट्रेजरीमा पाँच अर्ब रुपैयाँ बराबरको नयाँ रहेको छ भने बाँकी पुरानो नवीकरण अन्तर्गतको रहेको छ राष्ट्र बैंकले जनाएको छ ।