८ मंसिर, २०८१ शनिबार

12:24:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाणिज्य बैंकका डेपुटी सीइओ अधिकारी, म्यानको कार्यकारिणी सदस्यमा निर्वाचित

२७ चैत, २०७८

म्यानको पहिलो कार्यसमिति बैंठकले अध्यक्ष लगायत कार्यसमिति चयन गरेको छ ।

वाणिज्य बैंकका डेपुटी सीइओ अधिकारी, म्यानको कार्यकारिणी सदस्यमा निर्वाचित

काठमाण्डौ । नेपाल व्यवस्थापक संघको निर्वाचनमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी कार्यकारिणी सदस्यमा संस्थागत प्रतिनिधित्व गर्दै निर्वाचित हुनुभएको छ ।

म्यानको कार्यकारिणी समितिमा प्रतिनिधित्व गर्ने व्यक्तिगत र संस्थागत मध्ये संस्थागत प्रतिनिधित्व गर्दै राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अधिकारी म्यानको कार्यकारिणी सदस्यमा निर्वाचित हुनुभएको हो ।

अधिकारीले संस्थागत प्रतिनिधत्व गर्दै ६१ मत प्राप्त गर्नुभएको थियो । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि नेपाल व्यवस्थापन संघले विजेताहरुको मत संख्याका बारे जानकारी गराइएको थियो । 

यसैबीच म्यानको पहिलो कार्यसमिति बैंठकले अध्यक्ष लगायत कार्यसमिति चयन गरेको छ । नबिल बैकका अध्यक्ष समेत रहेका उपेन्द्र पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।  

व्यक्तिगत तर्फ कार्यसमिति सदस्यमा बिजयी हुनेहरुमा म्यानका सदस्य मोहन राज ओझा, मुक्तिनाथ विकास बैकका सीईओ प्रध्युमन पोखरेल, राष्ट्रिय बाणिज्य बैंकका तत्कालिन सीईओ कृष्ण पर्साद शर्मा, नबिल बैंककी स्वतन्त्र संचालक आशा राना अधिकारि, व्यवसायी अश्मी राना, मिलन गुरुङ, इन्द्र कुमार श्रेष्ठ, मनिष झा, अनु जोशी श्रेष्ठ, हेम कुमारी अधिकारी रहनुभएको छ ।  

यसैगरी संस्थागत तर्फबाट कार्यसमिति सदस्यमा बिजयी हुनेहरुमा कर्मचारी संचय कोषबाट जितेन्द्र धिताल, शिवम सिमेन्टबाट सुरेन्द्र कुमार गोयल, सनराइज बैंकबाट सीईओ सुमन शर्मा, नबिल बैंकबाट मनोज ज्ञवाली, राष्ट्रिय बाणिज्य बैंकबाट कविराज अधिकारि, नेपाल बैंक लिमिटेडबाट कृष्ण बहादुर अधिकारि निर्वाचित हुनुभएको छ ।