७ मंसिर, २०८१ शुक्रबार
06:26:48 AM
२७ चैत, २०७८
अन्तर्राष्ट्रिय अब्लिगेसन भन्दा विपरीत गएर कोही मन्त्री चल्न नसक्ने बताउँदै कानुन र ऐन भन्दा बाहिर जान नमिल्ने
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एंव पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थ मन्त्रीले गिर्दो अर्थतन्त्र सुधारका लागि भूमिका खेल्नुपर्नेमा गभर्नरलाई कार्वाही गरेर थप संकट ल्याउन खोजेको बताउनुभएको छ ।
नेकपा एमालेको प्रचार विभागले गरेको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले आर्थिक अवस्था कमजोर हुँदै गईरहेको अवस्थामा सरकारले विलाशिताका वस्तुहरु आयत गर्न दिएर सरकारले अर्थतन्त्र थप कमजोर बनाउन उद्धत रहेको बताउनुभयो ।
बजेट ल्याउने अवस्थामा राष्ट्रबैंकलाई गभर्नर विहिन बनाएर सरकारले ठूलो गल्ती गरेको स्मरण गराउँदै उहाँले देशमा आर्थिक संकट आउने संकेत देखिएको अवस्थामा सबैलाई एकतावद्ध बनाएर अगाडि बढ्नुपर्ने आवश्इकता औँल्याउनुभयो ।
विदेशबाट आएको रकम राष्ट्र बैंकले छानबिन गरिरहेको विषयमा अर्थमन्त्री जनार्दन शर्माले पैसा फुकुवा गर्न निर्देशन दिएको आफूले सुनेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय अब्लिगेसन भन्दा विपरीत गएर कोही मन्त्री चल्न नसक्ने बताउँदै कानुन र ऐन भन्दा बाहिर जान नमिल्ने उहाँको भनाइ छ ।
अनुसन्धान गर्ने अधिकारीले अनुसन्धान गरिरहेका बेला अर्थमन्त्रीले यो प्रकारको काम गर्नु उचित नहुने पाण्डेले बताउनुभयो ।