१७ बैशाख, २०८१ सोमबार

03:35:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइतबार पाकिस्तानमा नयाँ प्रधानमन्त्री चुनिने, प्रधानमन्त्री इमरान खान पदमुक्त

Nepal Business

२७ चैत, २०७८

मतदानमा खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो ।

आइतबार पाकिस्तानमा नयाँ प्रधानमन्त्री चुनिने,  प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका हुनुभएको छ ।

इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पाकिस्तानको पहिलो प्रधानमन्त्री बन्नुभएको छ । मतदानमा खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो ।

नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बौलाईएको छ । 

यसअघि ६९ वर्षीय खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिनुभएको थियो । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । 

सर्वोच्च अदालतले बिहीबार एक फैसलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गरेको थियो । खानको पार्टी पीटीआईका सदस्यहरूले अन्तर्राष्ट्रिय षड्यन्त्रको शिकार भएको दाबी गरेका छन् ।