७ मंसिर, २०८१ शुक्रबार
07:22:44 PM
२६ चैत, २०७८
घलेछाप युवा क्लबले निर्माण गरेको खेलमैदान विस्तारका लागि मन्त्री श्रेष्ठले रु ५० हजार सहयोग गर्नुभएको हो ।
तनहुँ,
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको भानु नगरपालिका–१२ घलेछापमा खेलमैदान विस्तारका लागि रु ५० हजार सहयोग गर्नुभएको छ ।
घलेछाप युवा क्लबले निर्माण गरेको खेलमैदान विस्तारका लागि मन्त्री श्रेष्ठले रु ५० हजार सहयोग गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले आफूले पाउने तलबभत्ता जिल्लाका विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्दै गर्दा श्रेष्ठले आफूले तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो ।
उक्त रकम मन्त्री श्रेष्ठका प्रमुख स्वकीयसचिव जगत् खड्काले क्लबका सचिव कुशल अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
क्लबका सचिव अधिकारीले मन्त्री श्रेष्ठको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त रकमले खेलमैदान विस्तारका लागि सहयोग पुग्ने बताउनुभयो ।
गाउँमा खेलमैदान निर्माण गरी खेलाडी उत्पादन गर्न खेलकुदका गतिविधि सञ्चालन गर्ने क्लबको योजना रहेको उहाँले बताउनुभयो ।
मन्त्री श्रेष्ठले आफूले पाउने तलबभत्ता जिल्लाका विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्दै गर्दा श्रेष्ठले आफूले तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो ।
त्यसयता श्रेष्ठले तलबवापतको रकम विभिन्न विद्यालय, सङ्घसंस्था, आमा समूह, खानेपानी योजना, बिरामीलगायतलाई सहयोग गरेको स्वकीयसचिव खड्काले बताउनुभयो ।