६ जेठ, २०८१ आइतबार

07:54:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले आयातमा लगायो अंकुश

Nepal Business

६ पुस, २०७८

राष्ट्र बैंकले विभिन्न २० वस्तु आयात गर्नु अघि अनिवार्य शतप्रतिशत मार्जिन धरौटी तिर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले आयातमा लगायो अंकुश


काठमाण्डौं, पुस ६
नेपाल राष्ट्र बैकले सवारी देखि कस्मेटिकसम्मका वस्तु आयातमा कडाइ गरेको छ । अब आयातकर्ताले बिना धरौटी  सामान ल्याउन नपाउने भएका छन् । बैंकको विदेशी विनिमय  व्यवस्थापन विभागले सोमबार एकीकृत परिपत्र  २०७६ मा संशोधनमार्फत परिपत्र जारी गरेको हो ।
 
राष्ट्र बैंकले विभिन्न  २० वस्तु आयात गर्नु अघि अनिवार्य शतप्रतिशत मार्जिन  धरौटी तिर्नुपर्ने व्यवस्था गरेको छ । मोटरसाइकल, कार कस्मेटिक सामानहरु, तास काँचका सामानलगायत आयातमा पहिल्यै कुल रकमबराबर धरौटी राख्नुपर्ने भएको छ  । 
यस अघि व्यवसायीले प्रतीतपत्र  (एलसी ) खोलेका आधारमा सामान ल्याएपछि मात्रै बैंकलाई भुक्तानी  गर्नुपर्ने बैंकिङ प्रणाली  थियो । हाल लगानीयोग्य पुँजी अभाव हुन थालेपछि धरौटी राखे मात्रै सामान आयात गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।