८ मंसिर, २०८१ शनिबार

12:11:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आरम्भ चौतारी लघुवित्तले बोलायो वार्षिक साधारण सभा

२५ चैत, २०७८

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको हुदाँ चैत १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागि हुन सक्नेछन् ।

आरम्भ चौतारी लघुवित्तले बोलायो वार्षिक साधारण सभा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण बोलाएको छ । आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारण चैत २७ गते आइतबार बनेपा पार्टी भेन्यू बनेपा ८ काभ्रेपलाञ्चोक बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले, गत आर्थिक वर्षको वार्षिेक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने गाभिने वा मर्जरमा जाने विषयलाई सशोधन गर्ने, गत आर्थिक बर्ष २०७७/०७८ अन्तिम सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको हुदाँ चैत १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागि हुन सक्नेछन् ।