८ मंसिर, २०८१ शनिबार

12:42:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंक अफ काठमाण्डूको १ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२५ चैत, २०७८

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुकबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

बैंक अफ काठमाण्डूको १ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका सेयरधनी निर्मल प्रधानले आफ्नो नाममा रहेको १ लाख ३१ हजार कित्ता सेयर बिक्री गर्न निवेदन दिएको हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएकोे मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुकबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।