१ मंसिर, २०८१ शनिबार
01:31:33 AM
२५ चैत, २०७८
सेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका सेयरधनीहरुको हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोही खातामा जम्मा गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपाल टेलिकम लिमिटेडले आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीको चैत २४ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा गर्न सुरु गरेको टेलिकमले सुचना मार्फत जानकारी दिएको छ ।
टेलिकमले उक्त लाभांश लिनका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले आज (चैत २५ गते शुक्रबार) देखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा सो रकम जम्मा गर्न सुरु गरेको हो ।
सेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका सेयरधनीहरुको हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोही खातामा जम्मा गर्ने कम्पनीले जनाएको छ ।