१ मंसिर, २०८१ शनिबार

01:24:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बाल अस्पतालको भौतिक संरचना निर्माणमा पञ्चकन्या ग्रुपको आर्थिक सहयोग

Nepal Business

२५ चैत, २०७८

बाल अस्पतालको भौतिक संरचना निर्माणमा पञ्चकन्या ग्रुपको आर्थिक सहयोग

काठमाण्डौं । पञ्चकन्या ग्रुप र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) बीच बाल अस्पतालको भौतिक संरचना निर्माण गर्ने सम्बन्धी सम्झौता भएको छ । 

झापाको दमक वडा नं ७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजीएस स्ट्रक्चरबाट ४ हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्न  खुई संथाबीच सम्झौता भएको हो । 

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठकी धर्मपत्नी स्वर्गीय निलकुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या गु्रपले आफ्नो औद्योगिक यात्रा ५० औा वर्ष पूरा गरेको अवसरमा अस्पताललाई सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको गु्रपले जानकारी दिएको हो । 

पञ्चकन्या गु्रपले एक महिनाभित्र एलजीएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका सञ्चालकहरु र वरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।