२६ जेठ, २०८२ आइतबार

01:57:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

२५ चैत, २०७८

बैंकले सेयरधनीहरुको नाममा रहेको ३ लाख २७ हजार ७ सय ९३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्ने भएको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको ३ लाख २७ हजार ७ सय ९३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई उक्त सेयर बिक्री गरेको थियो ।

सो समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाले उक्त सेयर अब सर्वसाधारणहरुमा बिक्री गर्न लागिएको बैंकले सुचना मार्फत जानकारी दिएको हो ।

संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी आफुले खरिद गर्न चाहाने कित्ता समेत उल्लेख गरी बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।