२ माघ, २०८१ बुधबार
11:00:59 AM
२४ चैत, २०७८
१४औँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आज (२०७८ चैत २४ गते) देखि शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।
काठमाडौँ,
पाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले कम्पनीका शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रतिशेयर रु २० (बीस)का दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको विहिबार यहाँ सम्पन्न १४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७ ७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीहरुलाई नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पूँजी रु १८ अर्ब पु¥याउने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको विहिबार यहाँ सम्पन्न १४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीहरुलाई नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पूँजी रु १८ अर्ब पु¥याउने प्रस्ताव पारित गरेको छ ।
१४औँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आज (२०७८ चैत २४ गते) देखि शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।
करिब ९२ प्रतिशत शेयरधनीको उपस्थिति रहेको उक्त सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०७८र७९ का लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेश गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य शर्त निर्धारण गरेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उपभोक्ताको अपेक्षाअनुरूप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाका रूपमा विकास गर्न रचनात्मक सुझावका लागि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि कम्पनीले आफ्नो सेवालाई कुशलताका साथ प्रवाह गर्दै आएको छ, महामारीकै कारण कोही पनि सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ग्राहकलाई थप सहुलियत प्रदान गर्ने गरी विद्यमान महसुलमा छुट दिनुका साथै जरिवानासमेत मिनाहा गरेको र विश्वमा विकास भएको नवीनतम र आधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी प्रतिबद्ध रहेको छ ।”
आव २०७७र७८ मा कम्पनीले कर तथा गैर करवापत आफ्नो कूल आयको ५० प्रतिशतभन्दा अधिक रकम अर्थात् रु २७ अर्ब ७३ करोड राजस्व दाखिला गरेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।
कम्पनीले इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुका साथै इन्टरनेट सेवाको विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ । स्याटेलाइट प्रविधिको प्रयोगद्वारा विकट हिमाली जिल्लामा वायरलेस तथा वायरलाइन सेवासमेत उपलब्ध गराइएको छ ।
प्रवक्ता अधिकारीले भन्नुभयो, “मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरण जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटिई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएको छ ।”
नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पु¥याउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।