७ मंसिर, २०८१ शुक्रबार

07:31:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न ध्यान केन्द्रीत गर्ने कानूनमन्त्री कोइरालाको भनाइ (भिडियोसहित)

२४ चैत, २०७८

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न ध्यान केन्द्रीत गर्ने कानूनमन्त्री कोइरालाको भनाइ (भिडियोसहित)

काठमाण्डौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आफ्नो ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै विभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुन नसकेको भन्दै आफ्नो ध्यान यसैमा केन्द्रीत गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्रीले शान्ति प्रक्रियाका विषयलाई निष्कर्षमा पुराउन दिएको जिम्मेवारी पुरा गर्ने उहाँको भनाई छ । उहाँले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई क्रियाशिल बनाउनका लािग आवश्यक कानून बनाइने जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाको सिफारिसमा कोइराला कानून मन्त्रीमा नियुक्त हुनुभएको हो ।