२ जेठ, २०८१ बुधबार

05:03:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ओली सरकारले कौडीको भाउमा दिएको सम्पती फिर्ता गर्ने काम तीव्र रुपमा भइरहेको छः पर्यटनमन्त्री आले (भिडियोसहित)

२४ चैत, २०७८

सरकारी सम्पतीको दूरुपयोग हुनबाट रोकिएको र क्यासिनोबाट १ अर्व ५ करोड रुपैया उठेको

ओली सरकारले कौडीको भाउमा दिएको सम्पती फिर्ता गर्ने काम तीव्र रुपमा भइरहेको छः पर्यटनमन्त्री आले (भिडियोसहित)

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफु मन्त्री भएपछि सरकारी सम्पतीको दूरुपयोग हुनबाट रोकिएको र क्यासिनोबाट १ अर्व ५ करोड रुपैया उठेको बताउनुभएको छ । 

बिहीबार छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै मन्त्री आलेले ओली सरकारका मन्त्रीहरुले भ्रष्टचार गर्दै सरकारी सम्पती कौडीको भाउमा नीजि क्षेत्रलाई दिएको आरोप लगाउनुभएको हो । 
 
मन्त्री आलेले ओली सरकारले कौडीको भाउमा दिएको सम्पती फिर्ता गर्ने काम तीव्रताका साथ गर्ने बताउनुभयो । यस्तै उहाँले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने धारणा राख्नुभयो ।

उहाँले एमाले अध्यक्ष ओलीले भन्दै आएको एक क्वीन्टलको ढकलाई आधा किलोमा झार्ने गरि चूनावी तयारी गर्न आग्रह गर्नुभयो । कोरोनाका कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले उल्लेख गर्नुभयो ।