१ मंसिर, २०८१ शनिबार
02:09:06 AM
२४ चैत, २०७८
काठमाण्डौं । नुवाकोटस्थित होटल वाटर वाटरले अब ‘सिद्धार्थ होटल वाटर टावर’को नामबाट सेवा प्रदान गर्नेछ । होटलले सिद्धार्थ हस्पिटालिटीसँग वैशाख १ गतेदेखि लागू हुने गरि व्यवस्थापकीय साझेदारी गरेको हो ।
सो सम्झौता अनुसार अब होटल टावर वाटर सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापकीय अनुसार सञ्चालन हुने होटलका सञ्चालक धुव्रप्रसाद रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार होटल वाटर टावरमा ३३ वटा अत्याधुनिक सुविधायुक्त कोठा, विभिन्न प्रकारका सेमिनार ,गोष्ठि तथा तालिमका लागि हल, रेष्टुरेन्ट तथा बार लगायतका सुबिधाहरु छन ।
यस होटलले निकट भबिष्यमा ५०० जनाभन्दा बढी क्षमताको हल, स्विमिङ पुल, हेल्थ क्लव, पारिवारीक वातावरण सहितको फाइनडाइन रेष्टुरेन्ट र प्राइभेट डाइनिङ रुम लगायतका संरचनाको निमार्ण गरि थप स्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले कैलालीको टिकापुर, कर्णालीको चिसापानी, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, झापाको बिर्तामोड, कपिलवस्तुको चन्रौटा, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा,बौद्घ ,लगायतका स्थानहरुमा २९ वटा शाखामार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएकोे सिद्धार्थ ग्रुपले विदुर–४, वटार, नुवाकोटस्थित होटल वाटर टावरमा व्यवस्थापकीय साझेदारी सहित सेवा विस्तार गरेको हो ।