१७ बैशाख, २०८१ सोमबार

01:32:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यूनिग्लोब कलेजको ‘नवौं अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’को दोस्रो सेसन सुरु, ‘बदलिँदो विश्व व्यवस्थाको परिप्रेक्ष्यमा विदेशी मुलुकसँग नेपालको सम्बन्ध’ बारे छलफल

२४ चैत, २०७८

यूनिग्लोब कलेजको ‘नवौं अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’को दोस्रो सेसन सुरु,  ‘बदलिँदो विश्व व्यवस्थाको परिप्रेक्ष्यमा विदेशी मुलुकसँग नेपालको सम्बन्ध’ बारे छलफल

काठमाण्डौं ।  यूनिग्लोब कलेजको आयोजनामा भइरहेको ‘नवौं अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’को बिहीबार दोस्रो दिन । काठमाण्डौंको नयाँ बानेश्वरस्थित यूनिग्लोव कलेजमा भइरहेको सम्मेलनमा दोस्रो सेसन भइरहेको आयोजकले जानकारी दिएको हो । 

कलेजका अनुसार ‘बदलिँदो विश्व व्यवस्थाको परिप्रेक्ष्यमा विदेशी मुलुकसँग नेपालको सम्बन्ध’का बारेमा छलफल भइरहेको छ । नेपालसँग सम्बन्ध रहेका राष्ट्रको अर्थतन्त्र र नेपालको अर्थतन्त्रका बारेमा छलफल भइरहेको कलेजले जानकारी दिएको छ । । 

सो छलफलमा भूतर्वराजदुत एवं वरिष्ठ अर्थविद् विश्वम्भर प्याकुरेल, त्रिवि विदेश सम्बन्ध तथा डिप्लोम्यासी विभाग प्रमुख खड्ग केसी र कूटनीतिक सम्बन्ध विज्ञ मनिस थापालेको सहभागिता छ । 

उहाँले सेशसन सुरु हुनुअघि सबै वक्ताहरुलाई खाता लगाएर स्वागत गर्नुभएको थियो । बुधबार भएको प्लेनरी सेसनमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, राष्ट्रिय योजना आयोगका सदस्य राम फुयाँल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गोविन्द नेपाल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको उपस्थिति थियो ।

कलेजमा बीबीए, बीबीए–बीआई, एमबीए र एमबीए (फाइनान्स) मा अध्ययनरत विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै पहिलो दिनको सेसनमा अमेरिका, फ्रान्स, स्लोभानिया, मलेसिया, भारतसहित ६ मुलुकका विद्यार्थी तथा शैक्षिक क्षेत्रका विज्ञ व्यक्तिहरुको सहभागिता रहेको छ ।