७ मंसिर, २०८१ शुक्रबार
08:36:50 PM
२३ चैत, २०७८
बैंकका अनुसार महिला तथा साना किसानले बाख्रापालन, पशुपालन तथा तरकारी लगायत मूल्य शृंखलामा संलग्न भएमा अनुदानमा कर्जा उपलब्ध गराइनेछ ।
काठमाण्डौं । सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच बुधबार सम्झौता भएको छ । महिला उद्यमी तथा साना किसानलाई अनुदानमा कर्जा दिने सम्बन्धमा दुई संस्थाहरूबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गर्नुभयो। महिला उद्यमी तथा साना किसानले पशुपालन तथा कृषि क्षेत्रमा लगानी गर्दा सघाउने गरी सम्झौता भएको बैंकले जानकारी दिइएको छ ।
बैंकका अनुसार महिला तथा साना किसानले बाख्रापालन, पशुपालन तथा तरकारी लगायत मूल्य शृंखलामा संलग्न भएमा अनुदानमा कर्जा उपलब्ध गराइनेछ ।
यस योजनामा हेफर नेपालका तर्फबाट सामाजिक उद्यमी महिला सहकारी र स्थानीय सरकार पनि आवद्ध छन् ।