१ मंसिर, २०८१ शनिबार
04:26:06 AM
२२ चैत, २०७८
काठमाण्डौं– नेपालको सर्वाधिक डाउनलोड गरिएको एप हाम्रो पात्रोले रेमिटेन्सबाट प्रतिव्यक्ति एक लाख डलरसम्म पठाउन सकिने भएको छ । एपमार्फ अहिलेसम्म एक व्यक्तिले ६ महिनामा अधिकतम ३० हजार अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था थियो।
अबदेखि यो सीमा एक लाख डलरसम्म पठाउन मिल्ने व्यवस्था गरिएको हाम्रो पात्रोले जानकारी दिएको छ । प्रतिकारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागू हुने हाम्रो पात्रोले जनाएको छ।
अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ।
पात्रोको रुपमा सुरु भएको हाम्रो पात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ।
हाम्रो पात्रोका अनुसार अब एउटै एपमा विनिमयदर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ।