२६ बैशाख, २०८१ बुधबार

09:48:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वस्तु आयातमा कडाइ गर्न एलसी बन्द गर्ने राष्ट्र बैंकको निर्णय

२२ चैत, २०७८

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा वैदेशिक मुद्रा सञ्चिति १६.२ प्रतिशतले घटेको छ ।

वस्तु आयातमा कडाइ गर्न एलसी बन्द गर्ने राष्ट्र बैंकको निर्णय

काठमाण्डौं । चालू आर्थिक वर्षमा मुद्रा सञ्चिति निरन्तर घटिरहेको र वस्तु आयात निरन्तर बढिरहेको  छ । बढिरहेको आयातलाई कडाइ गर्नको लागि विलासी वस्तुको आयातमा एलसी नै बन्दगर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत राष्ट्र बैंकले लिएको नीति अनुसार बिलासिताको वस्तु आयात नगर्न अनुरोध गर्नु भएको छ । प्रधानमन्त्री देउवाले मंगलबार चोभारमा सुख्खा बन्दरगाहको उद्घाटन गर्दै बिलासिताको वस्तु आयात नगर्न व्यवसायीसँग आग्रह गर्नु भएको हो ।

हाल नेपालले धेरै आयात गरिरहेको छ । कच्चा पदार्थ ल्याएर देशमै तपाईँहरु उद्योगमा लगाउनुहोस् सरकार सहयोग गर्न तयार छ, बिलासिताका वस्तुको आयात रोक्नुहोस्,  प्रधानमन्त्री देउवाले भन्नुभयो  ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा वैदेशिक मुद्रा सञ्चिति १६.२ प्रतिशतले घटेको छ । असारमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा ११ खर्ब ७३ अर्ब २ करोड कायम भएको छ ।

वस्तु आयातमा कडाइ गर्ने विषयमा अर्थमन्त्री जनार्दन शर्माले उच्चस्तरीय छलफल गर्नु भएको छ। अर्थ मन्त्रालयमा भएको छलफलमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष, विश्व पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित अर्थ मन्त्रालयमातहतका विभागीय प्रमुखहरु सहभागी हुनु भएको थियो । 

यसअघि नेपाल राष्ट्र बैंकले सोमबार बैंकहरुका सीईओहरुलाई बोलाएर विलासीका सामान आयातमा कडाइ गर्न मौखिक निर्देशन दिएको थियो । विलासीका वस्तु आयातमा कडाइ गर्न बैंकहरुले केही समय एलसी नै बन्द गर्नुपर्ने राष्ट्र बैंकले बताएको थियो ।

यसैगरी आयात नियन्त्रण कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मंगलबारको छलफल केन्द्रित रहेको थियो ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा वैदेशिक मुद्रा सञ्चिति १६.२ प्रतिशतले घटेको छ । असारमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा ११ खर्ब ७३ अर्ब २ करोड कायम भएको छ ।

डलरमा यस प्रकारको सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी भइ ९ अर्ब ७५ करोड कायम भएको छ ।