१ मंसिर, २०८१ शनिबार
04:47:28 AM
२२ चैत, २०७८
काठमाण्डौं । इसेवा मनी ट्रान्सफर र बेलायतको टेङ्गो पेबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट सीइओ अजेस कोइराला र टेङ्गोपेको तर्फबाट निर्देशक बसीर संगर्वालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार बेलायतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट अनलाइन सेवा प्रयोग गर्दै इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा तुरुन्तै रेमिट्यान्स पठाउन सक्नेछन् ।
रेमिट्यान्स सोझै सम्बन्धित व्यक्तिको बैंक खातामा र देशभर ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिने कम्पनीले जनाएको छ ।
टेङ्गो पेबाट पैसा पठाउँदा सुरुको तीन महिनासम्म कुनै शुल्क नलाग्ने पनि कम्पनीले जनाएको छ। विदेशबाट टेङ्गोपेमार्फत अनलाइन पठाएको रेमिट्यान्स नेपालभर रहेका १८ हजार बढी भुक्तानी केन्द्रबाट समेत तुरुन्तै पाउन सकिने कम्पनीले जनाएको छ ।
यस्तै पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न समेत सकिने कम्पनीले जनाएको छ।