७ मंसिर, २०८१ शुक्रबार
01:03:35 PM
२२ चैत, २०७८
काठमाण्डौं–सत्ता गठबन्धनको बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तक्रियाको आयोजना गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अन्तक्रियाबाट आएको सुझावका आधारमा ठोस कदम चाल्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बारेमा जानकारी गराउनुभएको र समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष निकालिएको मल्लले उल्लेख गर्नुभयो ।
बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए ।