१४ बैशाख, २०८१ शुक्रबार

06:39:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

होटल व्यवसायीका मुद्धा महाधिवेशनमा उठान गर्छौं : पदम योङहाङ

Nepal Business

२१ चैत, २०७८

हाम्रो संघका ३० वटा जिल्लामा संगठन विस्तार गरेका छौं । ५ हजार भन्दा बिढ व्यवसायि सहभागि हुनुहुन्छ ।

होटल व्यवसायीका मुद्धा महाधिवेशनमा उठान गर्छौं : पदम योङहाङ

 

आसन्न उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनलाई केन्द्रीत गरेर महासंघमा आवद्ध सबै संघहरुले आफ्नो क्रियाकलापलाई बढाईरहेका छन् । यसै अवसरमा नेपाल राष्ट्रिय होटल व्यवसायी संघका अध्यक्ष  पदम योङहाङसंग नेपाल विजनेशले महाधिवेशन केन्द्रीत रहेर गरेको कुराकानी । 

  • नेपाल उद्योग व्यवसाय महासंघको अधिवेशनको तयारी अनुरुप के गर्दै हुनुहुन्छ ? 

नेपाल उद्योग व्यवसाय महासंघका विभिन्न वस्तुगत संघहरु रहेका छन् । त्यसमध्ये नेपाल राष्ट्रिय होटल व्यवसायी संघ पनि एक हो । स्वभावैले महासंघको निर्वाचनले हामीहरुलाई पनि व्यस्त बनाएको छ ।

२३ र २४ गतेको महाधिवेशनलाई भव्य रुपमा सफल पार्न हामी स्वंसेवकको भूमिकामा पनि छौं । यसैगरी हाम्रो संघका ३० वटा जिल्लामा संगठन विस्तार गरेका छौं । ५ हजार भन्दा बिढ व्यवसायि सहभागि हुनुहुन्छ ।

प्रतिनिधि छनौटको काम सकाएका छौं त्यो पठाईपनि सकेका छौं । हामी हाम्रो तर्फबाट महाधिवेशनको अन्तिम तयारीमा छौं । 

  • यो महाधिवेशनमा होटल व्यवसायिहरुका मुद्धा के उठान गर्दै हुनुहुन्छ ? 

अहिलेको अवस्थामा होटल व्यवसाय र व्यवसायीका मुद्धाहरु प्रशस्तै छन् । हामी कोरोनाको महामारीबाट उठन सकेका छैनौ । त्यसैगरी यो पर्यटन व्यवसाय क्षेत्र पनि हो ।

पर्यटकहरुको चहल पहल नहुँदा यो क्षेत्रमा नकारात्मक असर परेको छ । यसैगरी हामीले पहिले देखीनै उठाउँदै आएको पर्यटन ऐन २०३५ संशोधनको विषय अहिलेपनि उस्तै छ । यो ऐन संशोधन गर्नुपर्ने छ ।

विभिन्न प्राकृतिक विपदबाट असर पुगेको हाम्रो व्यवसाय माथी उठाउन अब सरकारले सहुलियत र अनुदानका कार्यक्रम ल्याउनुपर्ने हुन्छ । सरकारले व्यवसायीहरुलाई २५ लाख भन्दा माथी सहुलियतमा लोन दिनुपर्ने हुन्छ । 

  • महाधिवेशनमा सहभागि हुने सम्पूर्ण व्यवसायीहरुलाई के भन्नुहुन्छ ? 

महाधिवेशन हाम्रो पर्व पनि हो । यस पर्वलाई हार्सोउल्लासका साथ सफल बनाउनुपर्ने छ । हामीले सबै प्रकारले महाधिवेशनलाई सफल बनाउन चुस्त टिम बनाएका छौं ।

केन्द्रीय पादाधिकारी देखी वस्तुगत, जिल्ला र पालिकासम्मका सबै साथीहरु उक्तिकै सक्रियताका साथ लाग्नुभएको छ । हामीलाई विश्वास छ नेपाल उद्योगी व्यवसाय महासंघको दोस्रो महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न हुने छ ।