७ मंसिर, २०८१ शुक्रबार

08:55:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युनिक नेपाल लघुवित्तले ३ लाख कित्ता एफपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

२१ चैत, २०७८

एफपीओ निष्कासन गर्न अनुमति दिएमा कम्पनीले १ सय रुपियाँ अंकित मूल्यमा ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता सेयर निष्कासन गर्ने

युनिक नेपाल लघुवित्तले ३ लाख कित्ता एफपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्कासन गर्न अनुमति माग्दै चैत १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।

धितोपत्र बोर्डले एफपीओ निष्कासन गर्न अनुमति दिएमा कम्पनीले १ सय रुपियाँ अंकित मूल्यमा ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

उक्त  एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।