७ मंसिर, २०८१ शुक्रबार
08:27:59 PM
२१ चैत, २०७८
काठमाण्डौं । एनआईसी एसिया बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले सपथग्रहण लिनुभएको छ । अध्यक्ष अग्रवालले गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमबार पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।
बैंकको २४ औँ वार्षिक साधारण सभाबाट चुनिएका सञ्चालकहरूको बैठकले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।
बैंकको सञ्चालकमा अध्यक्ष अग्रवालसहित त्रिलोक चन्द अग्रवाल, रामचन्द्र संघई संस्थापक सेयरधनीको तर्फबाट निर्वाचित भएका छन भने सर्वसाधारण सेयरधनीको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्वाचित हुनुभएको हो।