७ मंसिर, २०८१ शुक्रबार

08:09:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेगा बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

२१ चैत, २०७८

मेगा बैंक लिमिटेडले १ लाख २९ हजार ९ सय १५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

मेगा बैंकको  १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौं । मेगा बैंक लिमिटेडले १ लाख २९ हजार ९ सय १५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई उक्त सेयर बिक्री गरेको थियो ।

 सो समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाले उक्त सेयर अब सर्वसाधारणहरुमा बिक्री गर्न लागिएको बैंकले सुचना मार्फत जानकारी दिएको हो ।

सो संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरि आफुले खरिद गर्न चाहाने कित्ता समेत उल्लेख गरी बैंकको केन्द्रीय कार्यालयको सेयर शाखा, कमलादी, काठमाडौंमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।