७ मंसिर, २०८१ शुक्रबार

01:43:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवाको भारत भ्रमण : आर्थिक विकास र द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन फलदायी

२१ चैत, २०७८

प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल–भारत सम्बन्धका बहुआयामिक क्षेत्रहरूमा छलफल भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण : आर्थिक विकास र द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन फलदायी

काठमाडौँ, 

प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारत भ्रमण दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनुभएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनुभएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नयाँदिल्लीको हैदरावाद हाउसमा आफ्ना समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल–भारत सम्बन्धका बहुआयामिक क्षेत्रहरूमा छलफल भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाको भ्रमणबारे आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री डा खड्काले भन्नुभयो, “दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी छलफल तथा विचारहरूको आदानप्रदान भयो ।”

भ्रमणमा उच्च तहमा भ्रमणको आदानप्रदान गर्ने, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्ने, ऊर्जा क्षेत्रमा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता दिने, सीमापार कनेक्टीभिटी बढाउन रेलवे सेवा सञ्चालन कार्य अगाडि बढाउने, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं आन्तरिक कन्टेनर डिपोजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने, द्विपक्षीय व्यापार विस्तार गर्ने साथै रासायनिक मल उपलब्ध गराउनेलगायत विषयमा छलफल भएको थियो ।