१५ बैशाख, २०८१ शनिबार

12:48:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘महाधिवेशनको तयारी पुरा भइसक्यो, नेतृत्व छनोटमा कुनै समस्या छैन’

२० चैत, २०७८

यो जनसंगठन पार्टीको २२ वटा जनसंगठन मध्येको उमेरका हिसाबले कान्छो जनसंगठन हो । अहिले विषयवस्तुका हिसाबले मुलुकमा उठाउनुपर्ने एजेण्डाका हिसाबले, यसले बोक्न पर्ने जिम्मेवारीका हिसाबले, यो सबैभन्दा संशक्त बन्नुपर्ने संगठन हो ।

 ‘महाधिवेशनको तयारी पुरा भइसक्यो, नेतृत्व छनोटमा कुनै समस्या छैन’

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महसंघको यहि चैत २३ र २४ गते हुन गइरहेको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी तथा एजेण्डाहरुका बारेमा नेपाल बिजनेशले उद्योग व्यवसाय महसंघका महासचिव भागिरथ सापकोटासँग गरेको कुराकानीमा आधारित सम्पादित अंश

१) यही चैत्र २३ र २४ गते हुने नेपाल राष्ट्रिय उद्योग व्यवसाय महसंघको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी कहाँ पुर्याउनुयो ?

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महसंघको दोस्रो राष्ट्रिय महाधिवेशनका निम्ति हामीले बैठकमा छलफल गर्ने विषयहरु के–के हुन् ? हामीले के–के विषयमा छलफल गर्दै छौँ । हामीले यो संगठनलाई साँच्चै व्यवसायीहरुको प्रतिनिधि संगठन हो कि होइन, हो भन्ने प्रमाणित गर्न हाम्रा छलफलमा र एजेण्डामा देखाउनुपर्छ भनेर हामीले पोलेसी लेबलका विषयहरुलाई तयारी गरेका छौँ ।

दोस्रो कुरा यसलाई फिजिकली अगाडि लैजाने कुरा छ । यसैगरी महाधिवेशनमा संगठनका प्रतिनिधि चयन गर्नेदेखि लिएर सदस्यता अपडेट गर्ने, प्रतिनिधि छान्ने प्रक्रिया आजको दिनसम्म समाप्त गरेका छौँ । भोलीदेखि हामीले महासंघले अहिलेसम्म गरेका विषयवस्तु अघिल्ला दिनमा कसरी अझ राम्रोसँग प्रस्तुत गर्ने भन्ने विषयमा लाग्नेछौँ ।

२) महाधिवशनका लागि नेतृत्व पनि छनोट गर्दै हुनुहुन्छ । अहिले नेतृत्व छनोटका लागि के भइरहेको छ ?

स्वभाविक रुपमा हामी नेकपा एमालेको जनवर्गिय संगठन पनि हौँ । उद्योग व्यवसायीहरुको प्रतिनिधि संगठन पनि हो । यो दुबै कुरा हामी सँग–सँगै लान चाहन्छौँ । हामी सम्पूर्ण प्रतिनिधिहरुकोबीचमा तलबाट छानिएर आएका प्रतिनिधिहरुकोबीचमा यो विषयमा अझ बढि छलफल गराउन चाहन्छौँ ।

त्यसपछि प्रतिनिधिबाट आएकाविषयहरु अथवा उहाँहरुबाट आएका दृष्टिकोणहरुका आधारमा लिडरसिप कसरी बनाउने भन्ने कुरा छलफल गर्नेछौँ । त्यसपछि हामीले सकभर यो संगठन एउटा साँच्चै व्यवसायीहरुको प्रतिनिधिमूलक संगठन हो भनेर सोसाइटीमा स्थापित गर्नका निम्ति मूलुक तथा व्यवसायीहरु माझ सर्वसम्मत लिडरसिप लाने सोचिरहेका छौँ । त्यहि दिशामा अगाडी बढ्दैछौँ ।

३) अहिले यहाँहरुको २७ पदाधिकारी छ । अब १७ जनमा झार्नुपर्ने छ । पार्टीको विधानअनुसार सबै जनवर्गिय संगठनहरु अगाडि बढिरहेको सन्र्दभ छ । यहाँहरुले त्यसलाई कसरी मिलाउदै हुनुहुन्छ ?

यो जनसंगठन पार्टीको २२ वटा जनसंगठन मध्येको उमेरका हिसाबले कान्छो जनसंगठन हो । अहिले विषयवस्तुका हिसाबले मुलुकमा उठाउनुपर्ने एजेण्डाका हिसाबले, यसले बोक्न पर्ने जिम्मेवारीका हिसाबले, यो सबैभन्दा संशक्त बन्नुपर्ने संगठन हो । त्यस कारणले यसमा धेरै साथीहरु लिडरसिपमा आउन चाहनु स्वभाविक हो । त्यो कुरालाई हामीले मिलाएर लानुपर्ने हुन्छ ।

अहिले हामीसँग भएका पुराना थुप्रै साथीहरु हुनुहुन्छ । ती साथीहरु मध्येमा केहि साथीहरुले कामको जिम्मेवारी सिफ्ट गरिसक्नुभएको छ । त्यस कारणले केहि हामीलाई सजिलो पनि छ । पार्टीका जिम्मेवारी काममा अन्य साथीहरु लाग्नु भएको छ । त्यो ठाउँमा हामी नयाँ साथीहरुलाई रिप्लेस गर्न सक्छौँ ।

अझ हामीलहरुले साथीहरुलाई अरु क्षेत्र तथा संगठनहरुमा एडजस्ट गर्दैछौँ । त्यसो भएको हुनाले हामीले यो संगठनलाई अहिले साँच्चै व्यवसायीहरुको एउटा प्रतिनिधिमूलक संगठनका रुपमा स्थापित गर्न खोजेका छौं ।

नेपालमा नमुना योग्य सैगठन हो भन्ने पार्नका निम्ति सर्वसम्मत लिडरसिप लानुपर्छ भन्ने जुन हाम्रो मान्यता छ त्यसमा हामी सबै प्रतिनिधिलाई कन्भिन्स गछौँ । त्यहि दिशामा अगाडि लान्छौँ ।

४) एउटा पार्टी निकट रहेरका कारण तपाईहरुले व्यवसायीहरुका साझा मुद्दाहरुलाई उठान गर्न सक्नुहुन्छ भन्ने आरोप छ नी ?

यस्तो हुन्छ, राजनीतिक पार्टीहरु पनि आफ्ना छुट्टा–छुट्टै एजेण्डामा आएका हुन् । यीनिहरु आउने बेला आफ्ना एजेण्डामा आएका छन् तर राज्य चलाउने बेलामा त्यो राजनीतिक पार्टी लोप हुन्छ ।

त्यस्तै हाम्रो संगठन पनि राजनीति पार्टीका गतिविधिमा लागेका हौँ । तर व्यवसायीका एजेण्डा बनाउने, व्यवसायिक हितमा कुरा गर्ने, व्यवसायीलाई संरक्षण गर्ने र व्यवसायीको प्रतिनिधि संगठनका रुपमा आफूलाई स्थापित गर्ने संगठनमा हामीले हामीलाई विकास गर्न  खोजेको हुनाले हामी सबै व्यवसायीहरुको संगठन हो ।

म के अपिल गर्न चाहन्छु भने साँच्चै तपाईहरुको समस्या, अहिले भोग्नु परेका अप्ठ्याराहरु यी सबै कुरालाई बोक्न सक्ने संगठन हामी बनाउँदै छौँ । यसमा हामीसँग जोडिनुस, हामीलाई सहयोग गर्नुस् । यो लिडरसिपमा आउनुस । यसरी नै अगाडि बढ्न चाहन्छौ ।