७ मंसिर, २०८१ शुक्रबार
01:16:48 PM
२० चैत, २०७८
वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नुभयो ।
नेपाल सरकारले वृद्धाश्रमका निम्ति १ करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।
प्रधानमन्त्री देउवा आजै अपराह्न नयाँदिल्लीहुँदै काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।